सेयर बजारमा ३३.३६ अंकको गिरावट, २ अर्ब ५ करोडको कारोबार

सेयर बजारमा ३३.३६ अंकको गिरावट, २ अर्ब ५ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । शुक्रबार १६ दशमलव ९३ अंकले घटेको बजार आइतबार ३३ दशमलव ३६ अंकले घटेर १ हजार ९८९दशमलव २६ विन्दुमा बन्द भएको हो । 

आइतबार २२४ वटा धितोपत्रको ६१ लाख ४८ हजार कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

आइतबार म्युचुअल फण्ड समूहको  परिसूचक शून्य दशमलव ५३ फाइनान्स समूहको परिसूचक ३ दशमलव ७४ प्रतिशतले घटेको हो । 

आइतबार कारोबार रकमको आधारमा सबैभन्दा बढि अरुण काबेली हाइड्रोपावरको १० करोड ३३ लाखभन्दा बढीको सेयर कारोबार भयो ।
 

Skip This
Skip This
Logo