जनतालाई नागरिकता दिन एमाले बाधक बन्याे भनेर भ्रम फैलाइयो -ओली

जनतालाई नागरिकता दिन एमाले बाधक बन्याे भनेर भ्रम फैलाइयो -ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन् । 

विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।  

उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको भन्दै सरकारलाई प्रश्न समेत गरे । 

एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए । ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । जनताको समस्या समाधान गरी आएको पार्टी हो । एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ ।’ उनले भने,  ‘अनि, एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने ? पहिलेपहिले जस्तै ६० वर्ष भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुँदेजस्तै अहिले फेरी अर्को खालको भ्रम फिँजाउन खोज्ने ? त्यसकारण सरकारको काम हो–जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ । आमा वा बुबाको नाममा नागरिकता छ भने आमा वा बुबाको नाममा नागरिकता देऊ । किन अल्झाएर राख्ने ? तर, संसदीय प्रक्रिया त हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक भो भनेर बहाना बनाउने ? त्यसकारण यो कपटपूर्ण अहिलेको गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरु गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नु पर्दछ । हामी नागरिकताको स्थायी समाधान चाहन्छौं ।’ 

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहो-याए । राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियतको रक्षा र सम्वद्र्धनका लागि, मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क थियो ।

Skip This
Skip This
Logo