गाडी आयत प्रतिबन्धको असर राजश्व संकलनमा, पहिलो महिनामै ६ अर्बले कमी

गाडी आयत प्रतिबन्धको असर राजश्व संकलनमा, पहिलो महिनामै ६ अर्बले कमी

केन्द्रबिन्दु
0
Shares

सवारी साधन आयतमा लगाइएको प्रतिबन्धको असर राजश्व संकलनमा देखापरेको छ । कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सिसी माथीका मोटरसाइलको आयतमा लागू गरिएको प्रतिबन्धको साथै स्पेयर पार्ट्सको आयतमा समेत कमी आएपछि चालु आर्थिक वर्षको पहिलो महिनामा राजश्व संकलन कम भएको हो ।

साउन महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६ अर्ब हाराहारीले राजश्व कम संकलन भएको भंसार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४ अर्ब ६४ करोड १८ लाख २४ हजार रुपैयाँको सवारी तथा पार्टपुर्जा आयात भएको भन्सार विभागको तथ्यांक छ । उक्त मूल्यको सवारी तथा पार्टपुर्जा आयात बापत सरकारले जम्मा ३ अर्ब ६७ करोड ८१ लख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

गत आव २०७८÷७९ को साउनमा मात्र १० अर्ब १४ करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको सवारी तथा पार्टपुर्जा आयात भएको थियो । यस बापत राज्यले ९ अर्ब ४७ करोड २३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५ अर्व ८० करोडले कम हो ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सवारी साधनको आयातमा बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाएको थियो । बैशाख १३ देखि लगाएको आयात प्रतिबन्धलाई असारमा थप गरेर भदौ १३ सम्म लम्ब्याइएको छ । सो समय सकिनै लाग्दा समेत सरकारले आयत सुचारु गर्ने कुनै संकेत देखाएको छैन । जसका कारण प्रतिबन्ध थप लम्बिने अनुमान गरिएको छ । 

Skip This
Skip This
Logo