प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता : सर्वेक्षण

प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता : सर्वेक्षण

केन्द्रबिन्दु
0
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित पुनः विश्वको सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा परेका छन्। मर्निङ कन्सल्टेन्सी सर्भेकाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शिर्ष स्थानमा छन्। 

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी क्रमशः ६३ र ५४ प्रतिशत अनुमोदन दरसहित दोस्रो र तेस्रो स्थानमा छन्। २२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा छन्। मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सको सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा छन्। 

सर्वेक्षणका लागि अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, भारत, मेक्सिको, नेदरल्याण्ड, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिका नेटाहरुको अनुमोदन दर पच्छ्याइएको छ। यसअघि जनवरी २०२२ र नोभेम्बर २०२१ मा पनि मोदी विश्वका सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा थिए।
 

Skip This
Skip This
Logo