घरेलु टोली केन्याले नेपाललाई जितका लागि सामान्य लक्ष्य प्रस्तुुत गरेको छ ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको केन्याले निर्धारित २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको हो । केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन जोडे । त्यस्तै, ओपनर कोलिन्सले २० रन तथा शेम एनगोचेले १३ रन बनाउनुबाहेक अन्य खेलाडी किजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।
केन्यालाई रोक्न बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए भने मोहम्मद आदिल आलमले २ विकेट तथा शाहव आलम र दिपेन्द्रसिंह ऐरीको नाममा समान एकएक रह्यो ।
नेपाल आजको खेल जित्दै एक खेल अगावै सिरिजमा कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।































प्रतिक्रिया