ब्राजिलको अमेजन जंगलमा बस्ने तनारु जातको अन्तिम व्यक्तिको मृत्यु भएको छ।
उनको मृत्युपछि अहिले परम्परागत भाषा र संस्कृति जोगाउन खोज्ने सामाजिक कार्यकर्ताहरु अचम्भित भएका छन् । मानिसहरु उनलाई ‘खाडलको मानिस’ भन्थे किनभने उसले आफ्नो अधिकांश समय खाडलमा नै बिताएका थिए । त्यो मानिस त्यही खाडलमा बस्थ्यो जुन खाडल उसले आफ्नो सुरक्षाको लागि खनेको थियो । धेरै दशकदेखि उनी बसेको भूमिमा आक्रमणहरू भइरहे । त्यही आक्रमणमा उनका धेरै साथीभाइ र आफन्तहरु मारिए । यसबिच उनीले कसैलाई पनि सम्पर्क गर्ने प्रयास गरेनन् । उसको नजिक आउने जो कोहीलाई उनी पासोमा राख्दथ्यो र कोहि नजिक आउँदा बाणले आक्रमण गर्दथ्यो ।
प्रत्येक्ष दर्शीका अनुसार उनको उमेर ६० वर्ष रहेको थियो । रिपोर्टमा बताइए अनुसार स्थानियहरुले उनको जग्गा हडप्ने र किसानहरु मिलेर उनका परिवारका छ जनालाई मारेका थिए । यो घटनापछि उनी जंगलमा एक्लै बस्दै आएका थिए ।





























प्रतिक्रिया