उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिश गर्दा पैसा लिन नपाइने निर्देशन जारी गरेको छ।

पार्टीको विधानमा पार्टी सदस्यबाट लिइने सदस्यता शुल्क र अन्य चन्दा सहयोगबाहेक कुनैपनि किसिमको रकम उठाउन नपाइने प्रावधान रहेको छ।

यस्तो प्रावधान हुँदाहुँदै पार्टीका केही कार्यसमितिहरूले निर्वाचनमा उम्मेदवार बन्दा रकम उठाउन थालेको भन्ने जानकारी आएपछि कांग्रेसले यस्तो निर्देशन जारी गरेको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक पत्र जारी गर्दै प्रत्येक प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिहरुलाई निर्देशन दिएका हुन्।

Logo