गैरकानुनी रूपमा आयुर्वेदिक औषधि उत्पादन र बिक्री गरेको आरोपमा पाँचजना पक्राउ

गैरकानुनी रूपमा आयुर्वेदिक औषधि उत्पादन र बिक्री गरेको आरोपमा पाँचजना पक्राउ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । गैरकानुनी रूपमा आयुर्वेदिक औषधि उत्पादन र बिक्री गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उपत्यकाका विभिन्न स्थानमा विभिन्न कम्पनीका आयुर्वेदिक औषधि गैरकानुनी रूपमा उत्पादन तथा बिक्री गरेको सूचनाको आधारमा टोली खटिएको हो । उक्त टोलीले उनीहरूलाई साउन ६ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा प्युठान घर भई काठमाडौं बस्ने २६ वर्षीय रामप्रसाद पोख्रेल, ताप्लेजुङ घर भई ललितपुर बस्ने २९ वर्षीय आईतमान ताम्लिङ लिम्बु, ताप्लेजुङ घर भई ललितपुर बस्ने ३३ वर्षीय उज्वल लिम्बु, ललितपुरका ४२ वर्षीय सन्दिप महर्जन र नुवाकोट घर भई काठमाडौं बस्ने ४१ वर्षीय गोकर्ण अर्याल छन् ।

उनीहरूको साथबाट विभिन्न सामानहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Logo