महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले कुरिन्टारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको सुविधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न रेन्जका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेका र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।
उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका बिक्री ९सेल्स०, उत्कृष्ट सेवा ९सर्भिस० र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए।
कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषकरकृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।
कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।































प्रतिक्रिया