मन्त्रालयगत आयोजनाका लागि विभिन्न पदमा ६६३ अस्थायी दरबन्दी स्वीकृत

मन्त्रालयगत आयोजनाका लागि विभिन्न पदमा ६६३ अस्थायी दरबन्दी स्वीकृत

केन्द्रबिन्दु
0
Shares

सरकारले विभिन्न मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न पदका ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७९ / ८० का लागि मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना, कार्यक्रम र समितिमा आवश्यक  राजपत्राङ्कित  श्रेणी वा सोसरहका विभिन्न अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मन्त्रालय मातहतका आयोजनाका लागि विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका पदका अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए। 

सोसम्बन्धी निर्णय नयाँ नियुक्ति गर्नका लागि नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्ने प्रयोजनका लागि पद सिर्जना गरिएको उनले स्पष्ट पारे। 

Skip This
Skip This
Logo