सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ

सिजिनेट जोडी र सिजि ग्राण्ड जोडी अफर शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनि सिजि नेटले स्काईकम सँगको सहकार्यमा वहुप्रतिक्षीत  आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । 

ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सिजिनेट  मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । 

आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् । भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानल लगायतका च्यानलहरु हुनेछन् ।  

यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुकालागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो । 

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् ।  स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमविपिएस प्लस आइपीटिभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ । 

त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु २६४०, पपुलार जोडी  एमवीपिएसको साथमा आइपी टिभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०  शुल्क लाग्ने छ । 

यस्तै बार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टिभीको रु ९७२०, पपुलार जोडी  एमवीपिएसको साथमा आइपी टिभीको रु १२६६० र रक स्टार जोडी ३०५एमवीपिएसको साथमा आइपी टिभीको रु १६४८८  शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । 

सेटप बक्सकालागि ग्राहकले एक पटक रु २६०० शुल्क तिुर्नु पर्ने छ । यसकासाथै सिजिनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ । सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् ।

जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी रु ३५९९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी रु २५४९९ मा प्राप्त गर्न सक्नेछन् । ग्राहकले यीे जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्तगर्न सक्नेछन् । 

कम्पनिका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख शहरहरुवाट यो सेवा सुनिश्चित गरिसकेका छन् । 
 

Skip This
Skip This
Logo