संसदीय समितिमा पठाइयो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

संसदीय समितिमा पठाइयो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि संसदीय समितिका पठाएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि समितिमा पठाएको हो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राखेको उक्त विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते बस्ने बताइएको छ । 

Skip This
Skip This
Logo