केटीएम र हस्कभर्ना ब्रान्डका बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले महान् चाड दसैं-तिहारलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।
यस अफरअन्तर्गत बजारमा उपलब्ध केटीएम र हस्कभर्ना ब्रान्डका बाइक अब ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि पाइने भएको छ । बाँकी रकम प्रत्येक महिना किस्ता वापत तिर्न सकिने छ । यसरी किस्ता तिर्दा ९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यसका साथै प्रत्येक बाइकको खरिदमा एउटा एक्सक्लुसिभ केटीएम राइडिङ ज्याकेट पनि उपलब्ध हुनेछ ।
यसैगरी पुरानो कुनै पनि ब्रान्डको बाइकसँग नयाँ केटीएम वा हस्कभर्ना बाइक साट्नसमेत सकिने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया