विश्वकप ट्रफी टुरमा निसान नेपालको सहकार्य

विश्वकप ट्रफी टुरमा निसान नेपालको सहकार्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-२० विश्वकप ट्रफी नेपाल आइपुगेको छ । आइसीसी ट्रफी टुर अन्तर्गत टी-२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो । 

सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरदेखि ट्रफीलाई भक्तपुर दरबार स्क्वारमा पनि प्रदर्शनीमा राखिएको थियो । सो ट्रफी प्रदर्शनका लागि नेपालमा आयोजित सबै कार्यक्रममा भने निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले सहकार्य गरेको छ ।  

विश्व प्रसिद्ध कार निर्माता कम्पनी निसान आईसीसी मेन्स टी–२० वर्ल्ड कप २०२२ को प्रायोजक हो । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) सँग निसानको ग्लोबल पार्टनरसिप रहेको छ । यस अन्तर्गत निसानले ‘ड्रिभन बाई निसान’ ट्यागलाइनका साथ विश्वभर सो ट्रफी पु-याउने कार्यमा भूमिका खेलेको छ ।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइने छ। टी–२० विश्वकप क्रिकेट आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुनेछ ।

 

Skip This
Skip This
Logo