नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीको आधिकारीक बिक्रेता बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर “दुबई घुमौं यसपालीको दशैं तिहार“ मा नामक योजनाअन्तर्गत नयाँ अफर सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत कुनैपनि ग्राहकहरुले रु.१५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको खरिदमा सो अफरमा सहभागी हुन पाउने छन् । योजना असोज ३१ गतेसम्म खरिद गरिएका दाहुवाका सामग्रीहरुमा मात्र लागू हुनेछ।
साथै कम्पनीले दशैंको अवसरमा खरिद गरौं “दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा” अफर समेत ल्याएको छ । यसअफरअन्तर्गत कम्पनीले रु. ३ लाख बराबरको खरिदमा २२ इन्चको मनिटर सित्तैमा उपहार दिनेछ भने २ लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहारमा पाईनेछ।
यो अफर योजना लागू भएपछि खरिद गरिएका सामानहरुमा मात्र लागू हुनेछ भने योजना नगद खरिदमा मात्र लागू हुनेछ । दशैं अफरअन्तर्गत खरिद गरिएका सामानहरुमा अन्य कुनैपनि छुट प्रदान गरिने छैन र योजना स्टक रहेसम्म मात्र लागू हुनेछ। यो योजना मंसिर १४ गतेसम्म मात्र लागू हुनेछ।
दुबई भ्रमणको तालिका भने समयानुकूल तय गरिने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया