भन्सार छलि गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध मुद्दा

भन्सार छलि गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतबाट भन्सार छलि गरेर फल्स बटम तस्करी गरेको आरोपमा तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

वीरगञ्जका रजनीश कुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा विभागले मुद्दा दायर गरेको हो । छुट्टै क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ता कपडा लगायत सामान भित्र्याएको आरोपमा उनीहरुविरुद्ध तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरिएको राजस्व विभागले जनाएको छ ।

नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्र कुमार गुप्ता, काठमाडौंमा व्यवसाय गर्ने बाराको कलैयाका रञ्जित गुप्ता, ट्रक चालक सुनिल कुमार र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध विभागले मुद्दा दायर गरिएको हो ।

Skip This
Skip This
Logo