एक शताब्दीमा नेपालमा गएका ५ शक्तिशाली भूकम्प, कहिले कति क्षति ? (भिडियो रिपोर्ट)

एक शताब्दीमा नेपालमा गएका ५ शक्तिशाली भूकम्प, कहिले कति क्षति ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा वितेको एक शताब्दीभित्र ५ वटा ठूला र विनाशकारी भूकम्प गइसकेका छन् । जनधनको क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो ।

त्यसबाहेक २०४५ साल भदौ ५ गते गएको भूकम्पले पनि विशेष गरी नेपालको धरान शहरलाई गम्भीर क्षति पुर्याएको थियो । कम रेक्टर स्केलको भए पनि इपिसेन्टर नजिक घना आवादी भयो भने यसले ठूलो विनाश निम्त्याउन सक्छ भन्ने पनि ०४५ सालको भूकम्पले देखाएको छ ।

त्यसयता धेरै भूकम्पहरु गए । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई विर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ ।

काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.६ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा ०६८ असोज १ गते गएको भुईंचालो (६.९ रेक्टर) पनि पर्छ ।

यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन् । ०६८ असोज १ गते गएको भुईंचालो विसं २०४५ मा गएको भुईंचालो भन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पु¥याएको पाइएन । वि.सं. १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र हजारौंले ज्यान गुमाएका थिए ।

हेरौं भिडियोमा :

भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभुईंचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालो जाने गरेको पाइन्छ । नेपालमा वि.सं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भुईंचालो गएको इतिहास छ ।

इतिहासविद्हरुले नेपालको इतिहासमा वि.सं.१२१८ को भूकम्पलाई अभिलेखमा रहेको पहिलो विनाशकारी भूकम्प मानेका छन् । विगत एक शताब्दीमा नेपालमा गएको विनाशकारी भूकम्पले के कस्तो क्षति गर्याे त ? यो रिपोर्ट यसै विषयमा केन्द्रित छ ।

 

Skip This
Skip This
Logo