अनलाइनबाट खाना अर्डर गर्दा हड्डि र चिठी पाए

अनलाइनबाट खाना अर्डर गर्दा हड्डि र चिठी पाए

केन्द्रबिन्दु
0
Shares

अनलाइन खाना अर्डर आजकल एक प्रचलन वा सामान्य अभ्यास भइसकेको छ । 

जब हामी कुनै फरक वा मनपर्ने खानेकुरा खान चाहन्छौं तर घरमा बनाउन मन लाग्दैन, तब हामी मोबाइल फोन वा अन्य माध्यमको प्रयोग गरी अनलाइन खाना अर्डर गर्छौ । केही बेरमा हामीले मगाएको मनपर्ने परिकार पनि हाम्रो सामु आइपुग्छ । हामी अनलाइनबाट मगाइएको सो खाना मिठो मानि खान्छौं। 
तर यस्तै अनलाइन खाना मगाउने क्रममा यहाँ कुरा घटना घटेको छ । अनलाइन मार्फत एकजना मानिसले कुखुराको पखेटा र जुस अर्डर गरेका थिए । तर उनले अर्डर गरेको खाना उनीकहाँ पुग्दा छक्क परे ।  

डेलिवरी गर्ने मानिसले उनले अर्डर गरेको कुखुराको पखेटा बाटोमै खाइदिए । डिलिवरी ब्वाईले ती अन्लाइन ग्राहकलाई आफुले खाइ उभ्रिएको हड्डी सहित नोट छोडे । ती डेलिभरी गर्ने मानिसले आफुले गरेको कार्यको बारेमा भिडियो बनाई टिकटकमा हालेपछि यो बिषयका बारेमा मानिसहरुले थाहा पाएका थिए । 

न्यूयोर्क पोस्टका अनुसार अनलाइन अर्डर खाना अर्डर गर्ने ती व्यक्तिले ‘डोरडाश’ एप्लिकेसनमा कुखुराको पखेटा अर्डर गरेका थिए । तर प्याकिङ खोल्दा बक्सभित्र हड्डी मात्रै भेटे । साथमा एउटा नोट पनि पाए । जसमा लेखिएको थियो “मलाई  भोक लाग्यो त्यसैले कुखुराको मासु खाए तर, जुस भने छोडिदिएको छु । मैले जुस छोएको पनि छैन ।” 

Skip This
Skip This
Logo