काठमाडौं ।
हाँस्यकलाकार तथा चलचित्र निर्देशकको रुपमा आफूलाई अब्बल तुल्याउन सफल दीपाश्री निरौला आजबाट ४६ औँ वसन्तमा प्रवेश गर्दैछिन् । लामो समयदेखि सामाजिक संजालबाट टाढा रहेकी उनले आफ्नो ४६ औँ वर्षको सुरुवात आत्मग्लानीबाट गरेकी छिन् । आज जन्मदिनको अवसर पारेर दीपाले आफ्नो पर्सनल फेसबुक अकाउन्टमा एक भिडियो अपलोड गर्दै माफी मागेकी छिन् ।
एक टेलिभिजन अन्तर्वार्ताबाट ‘महानायक’ काण्डमा फसेकी दीपा लामो समयसम्म विवादित बनेकी थिईन् । उनले यसभन्दा अघि पनि माफी नमागेकी भने होईनन् । आफूले बोलेको भिडियो क्लिप भाईरल भए लगत्तै दीपाले आफ्नो तात्पर्य गलत नभएको र बोल्ने प्रस्तुतिमा आफ्नो गल्ति भएको भन्दै उनले माफी मागेकी थिईन् । तर पनि आफू मात्र नभई आफ्नो पुरै टिममाथि लगातार प्रहार भईरहेपछि दीपाले भिडियो नै बनाएर फेरि माफी मागेकी हुन् ।
भिडियोमा दीपाले कला क्षेत्रको आफ्नो तिस वर्षको यात्रामा कामको सफलता पाए पनि व्यक्तित्व बिकासका कुराहरुमा आफ्नो अझै कमजोरी रहेको बताएकी छिन् । त्यस्तै ठूलो आँधिबेरीले रुखबाट कुहिएका फलहरु झरे जस्तै उक्त घटनाले गर्दा आफूमा भएको कमिकमजोरीहरु झरेको उनको भनाई छ ।
उक्त घटनाको स्मरण गराउँदै आफूले त्यससमय तीनवटा गल्ति गरेको बताएकी छिन् । उनी भन्छिन् ‘मेरो पहिलो गल्ति बिना तयारी ईन्टरभ्युमा गएँ, दोस्रो गल्ति आफूमाथि घोचिला पेचिला प्रश्नहरु तेर्साईँदा मैले मेरो आवेगलाई सम्हाल्न सकिँन र मेरो अन्तिम र प्रमुख गल्ति मैले त्यहाँ कूटनीतिक चलाखी गर्न सकिँन । म एक कलाकार भएर अर्को सिनियर कलाकारको टिप्पणी गर्न पुगेँ ।’
अन्त्यमा आफ्नो जन्मदिनमा दीपाले अब बाट त्यस्तो गल्तिहरु कहिल्यै नदोहोर्याउने प्रण गरेकी छिन् । उनी भन्छिन् ‘अब म आफ्नो व्यक्तित्व विकासमा समय खर्चिन्छु । दर्शकलाई राम्रो फिल्म बनाउने कोसिस गर्छु । मेरो अभिव्यक्तिले तपाईहरुको मन दुखेको छ भने प्लिज आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनुहोला ।’
नमस्कार!आज भाद्र ७ गते , मेरो जन्मदिन!धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिएत्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?
Deepa Shree Niraula यांनी वर पोस्ट केले शनिवार, २२ ऑगस्ट, २०२०































प्रतिक्रिया