सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक (भिडियोसहित)

सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमको शीर्ष भूमिका रहेको छ । त्यस्तै भिडियोमा तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।

‘डार्क मुन’ मार्फत सामाजिक यथार्थ घटनालाई देखाउन खोजिएको निर्देशक ज्ञवालीले जानकारी दिए । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्संदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ त ? अर्थात् समाजको यथार्त तस्वीर नै भिडियोमा प्रस्तुत गरिएको छ ।

‘डार्क मुन’ को कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्वजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत उक्त सर्ट फिल्म हेर्न सकिन्छ । ‘डार्क मुन’का निर्देशक रामजीले यस अघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए । भिडियो :

 

Skip This
Skip This
Logo