बालुवाटारमा कार्यदलकाे बैठक जारी रहँदा शीर्ष नेताको बैठक सर्‍यो

बालुवाटारमा कार्यदलकाे बैठक जारी रहँदा शीर्ष नेताको बैठक सर्‍यो

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ  गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लगाउन बसेको कार्यदलको बैठक अहिले पनि बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेबाट सुरु भएको कार्यदल बैठक अझै जारी छ । 

बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए । तर, गठबन्धनमा आबद्ध दलहरु आफ्नो अडानमा अडिग रहँदा सिट बाँडफाँटमा सकस परेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ । 

कार्यदलको बैठक लम्बिएपछि शीर्ष नेताहरूको बैठक पनि सारिएको छ। दिउँसो १ बजे शीर्ष तहमा बैठक बस्ने भनिएको थियो। तर, अब ३ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

Logo