प्रधानमन्त्री बालेनलाई सचिव पुष्करले लेखेका थिए यस्तो म्यासेज !

प्रधानमन्त्री बालेनलाई सचिव पुष्करले लेखेका थिए यस्तो म्यासेज !

केन्द्रबिन्दु
3.36k
Shares

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर प्रहरी नियन्त्रणमा रहेकाे खबर अहिले चर्चामा छ । यद्यपी उनी छुटिसकेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई ‘मुख्य सचिवको सम्भावना सकियो, अब राजदूत बनाइदिनुस्’ भन्दै व्यक्तिगत मोबाइलमा म्यासेज पठाएपछि उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सार्वजनिक भएको म्यासेजको स्क्रिनसट अनुसार, सचिव पुष्करले प्रधानमन्त्री शाहलाई ‘सम्माननीय प्रधानमन्त्रीज्यू’ भन्दै सम्बोधन गरेर जागिरे जीवनको उत्तरार्धमा राजदूत पदका लागि लबिइङ गरेको देखिन्छ ।

म्यासेजमा सचिव पुष्करले नेपाल सरकारका सचिवको पाँच वर्षे कार्यकाल पूरा हुन लागेको र मुख्यसचिव पदमा प्रधानमन्त्रीको ‘विशेष ध्यान’ नभए आफ्नो अवकाश आगामी असार २४ गते सुनिश्चित रहेको उल्लेख गरेका छन् ।

“यसैबीच राजदूत पदका लागि विज्ञापन हेरें र मैले पनि आवेदन पेश गरें, हजुर । यस सन्दर्भमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु । अगाडि हजुरको जो आदेश,” पुष्करले प्रधानमन्त्रीलाई पठाएको सन्देशमा भनिएको छ ।

सन्देशको अन्त्यमा उनले आफ्नो ओहोदा ‘सचिव, नेपाल सरकार’ र स्थायी ठेगाना ‘जलेश्वर–४, सुगा, महोत्तरी’ समेत स्पष्ट खुलाएका छन् ।

किन भए पक्राउ ?

मुलुकको बहालवाला उच्चपदस्थ कर्मचारीले बजारमा खुला प्रतिस्पर्धा वा कूटनीतिक मर्यादित च्यानल छोडेर सिधै प्रधानमन्त्रीलाई विन्तीपत्र शैलीमा पदका लागि म्यासेज गर्नु र दबाब वा प्रभाव सिर्जना गर्न खोज्नु प्रशासनिक आचारसंहिता विपरीत मानिन्छ । यही विषयमा अनुसन्धान र सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएर छाडिसकेकाे छ ।

पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुँदैछन् । उनी अवकाश हुनुभन्दा केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाश हुन्छन् । प्रधानमन्त्रीकै गृहजिल्ला घर भएको नाताले आफूलाई उनले च्याप्ने मानसिकता पुष्करको थियो । तर, व्यक्तिगत तहमा आफूलाई म्यासेज आएपछि प्रधानमन्त्री थप आक्रोशित बनेका हुन् ।

Logo