अशोक लेल्याण्डको अफर: वस र ट्रिपर किन्दा इलेक्ट्रिक स्कुटर, सुन वा यूरोप टुर मिल्ने

अशोक लेल्याण्डको अफर: वस र ट्रिपर किन्दा इलेक्ट्रिक स्कुटर, सुन वा यूरोप टुर मिल्ने

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि अशोक लेल्याण्डको आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक गरेको छ ।

आइएमई मोटर्सले यस अफरअन्तर्गत अशोक लेल्याण्ड व्राण्डको सिंक्स वस र क्याप्टने ट्रिप्पर खरिद गर्दा ग्राहकले इलेक्ट्रिक स्कुटर, सुन वा यूरोप टुरमध्ये एउटा कुरा छान्न पाउनेछन् ।

यससँगै ट्रिप्पर ३० प्रतिशत डाउनपेमेन्ट गरेर किन्न सकिनेछ । बाँकी ७० प्रतिशत रकम सरल किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।

यद्यपि, यो अफर यस व्राण्डका वस र ट्रिप्परमामात्र लागु हुनेछ । अफरमा ग्राहकले राफ्ट व्रान्डको इलेक्ट्रिक स्कुटर, २४ क्यारेट सुन र एक जनालााई युरोप टुरको प्याकेजमध्ये एक छानेर लिन सक्नेछन् । अफर सिमति अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

भारतको दोस्रो ठूलो कमर्सियल भेहिकल निर्माता अशोक लेल्याण्डको नेपाली बजारमा मिनीपिकअप दोस्तदेखी, लाइट कमर्सियल भेहिकल, हेभी ड्यूटी ट्रक, विभिन्न मोडलका ट्रिप्पर, प्यासेन्जर र स्कुल वस लगायत सावरीसाधन उपलब्ध रहँदै आएका छन् ।

Skip This
Skip This
Logo