आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् । 

साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा इन्स्योरेन्स कम्पनिबाट गर्ने र बीमा पश्चात् कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी गर्नेगरी दुवै कम्पनीबिच सम्झौता भएको छ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटनामा क्षतिग्रस्त भइ मर्मत संभार गर्नुपर्ने भएमा तथा साइमेक्स इंकको मर्मत केन्द्रमा लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्य यो सम्झौताको रहेको बताइएको छ ।  

कम्पनिका अनुसार मोवाइल नम्नर ९८५१३३२११३ मा फोन तथा एसएमएस, भाइवर र ह्वाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । 

 

Skip This
Skip This
Logo