‘मिलन’ फिल्मको टिजर सार्वजनिक : टिजरमा प्रेम र विछोडका दृष्यहरु

‘मिलन’ फिल्मको टिजर सार्वजनिक : टिजरमा प्रेम र विछोडका दृष्यहरु

केन्द्रबिन्दु
0
Shares

‘मिलन’ फिल्मको टिजर सार्वजनिक भएको छ । 

अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सो फिल्मको टिजर बिहिबार आज सार्वजनिक भएको छ । 
टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ । सो टिजर १ मिनेट २८ सेकेन्डको रहेको छ । जसमा माया प्रेम र विछोडका दृष्यहरु देखाइएको छ । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै फिल्मबाट डेब्यु गरेका छन् ।  

टेक पौरखी राईले निर्देशिन गरेका फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । फिल्ममा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय छ । 

Skip This
Skip This
Logo