सन्दीपले फेसबुकमा लेखे : निर्दोष छु, सीपीएल छाडेर नेपाल फर्किँदैछु

सन्दीपले फेसबुकमा लेखे : निर्दोष छु, सीपीएल छाडेर नेपाल फर्किँदैछु

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरो लागेपछि नेपाली क्रिकेट टिमबाटै निलम्बित भएका लेग स्पिनर सन्दीप लामिछानेले आफू निर्दोष रहेको प्रतिक्रिया दिएका छन् । 

गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरीसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान लामिछाने क्यानबाट निलम्बनमा परीसकेका छन् । खेलका लागी वेष्ट इन्डिजमा रहेका सन्दीपले उजुरी परेको ४ दिनपछि शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानुनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

उनले आफू निर्दोष रहेको र कानुनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन् । किशोरी बलात्कारको आरोप लागेपछि उनले पहिलो पटक मुख खोलेका हुन् । गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि बिहीबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यस लगत्तै नेपाल क्रिकेट संघ ९क्यान०ले उनलाई निलम्बन गरेको छ।

Skip This
Skip This
Logo