टाटा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु

टाटा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  जितपुर-१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दीपक मैनाली रहेका छन् । 

काठमाडौंबाट कलैयया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले हिजो बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो । 

घाइते उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र सुमो चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Skip This
Skip This
Logo