सोमबारदेखि वेपत्ता कैलालीकी किशोरी मृत फेला

सोमबारदेखि वेपत्ता कैलालीकी किशोरी मृत फेला

केन्द्रबिन्दु
0
Shares

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गत सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १६ वर्षीया आस्था शर्मा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत ति किशोरी मोहना नदी किनारमा शव फेला परेको हो । उनि सोमबार ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । 

उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको छ  । उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ।

उक्त शवमा चोटपटक भने नभेटिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo