भियनामा गरिएको एक अनुसन्धानका अनुसार एक्सोलोटल नामक जीवले आफ्नो मस्तिष्कका कोशिकाहरूलाई पुनः वृद्धि गर्न सक्छन् ।
छेपारोलाई पुच्छर काटिसकेपछि फेरि विकास भएको त देख्नु भएको होला तर आज हामी तपाईंलाई एउटा यस्तो जीवको बारेमा बताउन गइरहेका छौँ । जसले आफ्नो मुटु, मस्तिष्क, मेरुदण्ड र खुट्टा पनि विकास गर्न सक्छ ।
यो जीव हो ‘एक्सोलोटल’ जसलाई वैज्ञानिकहरूले १९६४ मा मात्र पत्ता लगाएका थिए । भियनामा गरिएको अनुसन्धानका अनुसार एक्सोलोटल नामक जीवले आफ्नो मस्तिष्कका कोशिकाहरूलाई पुनः वृद्धि गर्न सक्छ । लाइभ साइन्सको एक रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ । वैज्ञानिकहरूका अनुसार यस्तो गर्न सक्षम हुनु साँच्चै अचम्मको कुरा हो किनभने यो क्षमता अरू कुनै जीवमा पाइँदैन ।
यो जीवमा मस्तिष्कको कोशिकालाई पुनः विकास गर्न सक्ने क्षमता रहेको नयाँ अध्ययनमा खुलासा भएको छ । ‘एक्सोलोटल’ले यो कसरी गर्न सक्षम छ भनेर आरएनए मार्फत अध्ययन गरेको थियो । यसलाई त्यसो गर्न मद्दत गर्ने जीनका बारे बुझ्नको लागि तर अचम्मको कुरा यो छ कि यो जिवको मस्तिष्क कोशिकाहरूले भिन्न तरिकाले काम गर्छ ।
अध्ययनकर्ताहरुले ‘एक्सोलोटल’ जिवको मस्तिष्क निकालेर राखेको थियो । तर १२ हप्ताभित्रै पून यो जिवले आफ्नो मस्तिष्क विकास गर्यो । वैज्ञानिकहरूका अनुसार कुनै पनि जीवको अंग विकास हुनु त्यो जिवको विशेषता हुन सक्छ तर मस्तिष्कलाई फेरि विकास गर्नु ठूलो कुरा हो ।
अध्ययनका अनुसार यो जीवले जीवनभर न्यूरोन्सको विकास गरिरहन्छ । शरीरको कुनै भागमा क्षति पुग्न गयो भने यो जीवले सबैभन्दा पहिले प्रोजेनिटर सेलहरूको संख्या छिटो बढाउँछ, जसले गर्दा क्षति भरिन्छ र न्यूरोनको संख्या बढ्छ ।































प्रतिक्रिया