साताको सेयर बजारः ५ अर्ब ५ करोडभन्दा बढीको सेयर कारोबार

साताको सेयर बजारः ५ अर्ब ५ करोडभन्दा बढीको सेयर कारोबार

केन्द्रबिन्दु
0
Shares

यो साता सेयर बजार करोबार हुने ६ दिनमध्ये ५ दिन मात्र सेयर कारोबार भएको छ  । सेयर बजार शुक्रबार बन्द भएको छ । शुक्रबार इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हुनाले सेयर कारोबार नभएको हो । उक्त ५ दिनमध्ये १ दिनमात्र सेयर बजार बढेको छ भने बाँकी ४ दिन निरन्तर ओरालो लागेको छ । अघिल्लो साता पनि घटेको बजार यो साता पनि घटेको छ ।

नेपाल स्टक एक्सेञ्जका अनुसार यो साताभरीमा ५ अर्ब ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढ्यो । आइतबार बजार ६ दशमलव  ६८ अंकले बढेको हो । उक्त दिन २२७ वटा धितोपत्रको २८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । उक्त दिन सबैभन्दा बढि रिडी पावर कम्पनीको सबैभन्दा बढी ८ करोड ९१ लाख रुपैयाँ भन्दा बढिको सेयर कारोबार भयो  । 

त्यस्तै, आइतबार बढेको बजार सोमबार ४ दशमलव २९ अंकले घट्यो । सोमबार २२४ वटा धितोपत्रको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । सो दिन कारोबार रकमको आधारमा सबैभन्दा बढि रिडी पावर कम्पनीको नै ९ करोड ९६ लाखभन्दा बढिको सेयर कारोबार भयो । 

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से २१ दशमलव २२ अंकले घट्यो । मंगलबार २२७ वटा धितोपत्रको ३२ लाख ९ लाख ९ हजार कित्ता सेयर १ लाख १९ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार  भयो । सो दिनमा हिमालयन एभरेष्ट एन्स्योरेन्स कम्पनीको सबैभन्दा बढि ९ करोड १४ लाखभन्दा बढिको सेयर कारोबार भयो । 

कारोबार हुने साताको दोस्रो दिन अर्थात सोमबारदेखि दिनहुँ घटेको बजारमा बुधबार पनि गिरावट आएको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेको हो । उक्त दिनमा २२४ वटा धितोपत्रको  २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने कारोबार रकमको आधारमा सबैभन्दा बढि नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा बढि ५ करोड १५ लाखभन्दा बढिको सेयर कारोबार भयो । 

दिनहुँ घट्दै आएको बजार साताको पाचौँ कारोबार दिन अर्थात बिहीबार सेयर सामान्य अंकले घट्यो । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार बिहीबार बजार २ दशमलव १३ अंकले घटेर १ हजार ९३७ दशमलव ७४ विन्दुमा बन्द भएको हो । बिहीबार २२७ वटा धितोपत्रको ३४ लाख १ हजार कित्ता सेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो भने कारोबार रकमको आधारमा सबैभन्दा बढि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढि १३ करोेड १० लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Skip This
Skip This
Logo