ट्रायलमा छोए वा भुइँ टेकिएमा फेल नहुने, ७० अङ्क ल्याए पास

ट्रायलमा छोए वा भुइँ टेकिएमा फेल नहुने, ७० अङ्क ल्याए पास

केन्द्रबिन्दु
0
Shares

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ । यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गर्नुभएमा मजाले लाइसेन्स हात पर्नेछ ।

बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदैछ ।

नयाँ मापदण्डअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि राहत हुने भएको छ ।

बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइको छ ।

सो व्यवस्थाअनुसार घुमाउरो (अङ्ग्रेजीको आठ) मा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अङ्क घट्नेछ । त्यस्तै एक पटक खुट्टाले भुइँमा टेके पनि अनुत्तीर्ण हुने अवस्था रहनेछैन ।

त्यस्तो स्थितिमा थप पाँच अङ्क घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अङ्क घट्नेछ । ट्राफिक सङ्केत पालना नगर्दा १५ अङ्क घट्नेछ ।

“सबैमा अङ्क घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन,” उनले भने ।

खाल्टाखुल्टीमा एक पटकसम्म भुइँमा टेकेमा पाँच अङ्क घट्ने छ । एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अङ्क घट्नेछ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अङ्क घट्नेछ ।

Skip This
Skip This
Logo