उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतराः फ्रान्स

उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतराः फ्रान्स

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाको आणविक अडान 'शान्तिको लागि खतरा' भएको  फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई 'अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा' भएको टिप्पणी गरेका हुन् । उत्तर कोरियाले शुक्रबार आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो  ।

त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । देशका नेता किम जोङ–उनले निर्णयलाई 'अपरिवर्तनीय' भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उत्तर कोरियाले बारम्बार  आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ । 
किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए ।  -एजेन्सी

Skip This
Skip This
Logo