दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ। अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो।

यस्तै नौगाड गाउँपालिकाका ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको प्रहरीले जनाएको छ।

अहिले थप खोजी तथा उद्धारका लागि सेनाको हेलिकप्टर पनि दार्चुला पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक जगत गाहामगरले जानकारी दिए। उनले उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयको टोली खटिएको बताए।

नौगाढका ३ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको छ।

महाकाली नगरपालिका–२ मैखोलीका १ जनाको उद्धार गर्न हेलिकप्टर गएको बुझिएको छ। अहिलेसम्म महाकाली नगरपालिकामा घरमा सुतिरहेका ७ जना घरसँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

 

Skip This
Skip This
Logo