अध्यक्ष ओली भन्छन्- जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनुपर्छ

अध्यक्ष ओली भन्छन्- जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनुपर्छ

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखेका हुन्। ‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ,’ उनले भने।

उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए। उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे। 

पूर्वप्रधानमन्त्री ओलीले संसद बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखे। 

उनले निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरूवा र नियुक्ति गर्नु गलत कार्य भएको बताए। निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने उनले सुझाव दिए।

Skip This
Skip This
Logo