श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने

श्रृजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने

केन्द्रबिन्दु
0
Shares

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार (भोली) बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट हुने भएको हो । 

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर (आईपीओ)  निष्कासन गरेको थियो  । कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि विक्री खुला गरेको हो । 

कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ ।  यस आधारमा  गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

Skip This
Skip This
Logo