बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ असोज ७ गतेबाट नेपाल लगायत विदेशमा एकैसाथ प्रदर्शनमा आउँदैछ । यो चलचित्र भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ । यो नेपाली चलचित्रकाे इतिहासमा पहिलो पटक हुन लागेकाे हाे ।
चलचित्रका निर्देशक सन्तोष सेनले हालसम्म भारतमा ‘प्रेम गीत ३’को ट्रेलर १७ सयभन्दा धेरै हलमा बजिरहेको बताएका छन् । ‘भारतको १७ सय बढी हलमा प्रेम गीत ३ को ट्रेलर घन्किरहेको छ, नेपालमा घन्किएको छ की छैन सबैले कमेन्ट गर्नुहोस है’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने चलचित्रकर्मीहरुको विश्वास छ । यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धन पनि हुनेछ । नेपाली र हिन्दी भाषामा निर्माण गरिएको सो चलचित्रलाई भारतमा हिन्दी भाषामा र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा गीत पनि हिन्दी भाषामा निर्माण गरिएका छन् । साङ्गीतिक प्रेम कथामा निर्माण भएको ‘प्रेम गीत ३’ ‘प्रेम गीत’ चलचित्रको निरन्तर सिरिज हो ।
चलचित्रमा अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङका साथै अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की र प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्रिस्टिनाले यही फिल्मबाट डेब्यू गरेकी हुन् ।































प्रतिक्रिया