विश्व स्वास्थ्य संगठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

विश्व स्वास्थ्य संगठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायता सम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै गरेको थियो । यस अघि पनि अगष्ट महिनाको पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाएको थियो ।

लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ । लेबनानको राजधानी बेरुतमा केही समय अघि भएको शक्तिशाली विस्फोटमा परी कैयौँको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको थियो ।

लेबनानका नागरिकले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन शुरु गरेका र यसबाट राजनीतिक संकट आउने भन्दै विश्व स्वासथ्य संगठनले कोभिड १९ को रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने गरी ती सामग्री पठाएको थियो ।

सोही कारण सो संगठनले यो सहयोगको घोषणा गरेको हो । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँ दुर्घटना भएको थियो । लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको थियो भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।रासस

Skip This
Skip This
Logo