नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्ने समूहहरूलाई विघटन गरेको छ ।
लगातार तालाबन्दी गरेर आलोचित नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरिएको जानकारी दिएका हुन् । उनले केन्द्रीय कमिटीको निर्देशन बिना कुनै पनि गतिविधि नगर्न पनि निर्देशन दिएका छन् ।
‘विश्वावद्यालय क्याम्पस कीर्तिपुरमा सक्रिय सम्पुर्ण समितिहरु आजकै मिति देखी विघटन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु । नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मुर्त रुप दिन यथाशीघ्न केन्द्रीय प्रतिनिधि खटाई क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले भनेका छन्, ‘नेविसंघ त्रिविमा आवद्ध सम्पूर्ण साथीहरूलाई अधिवेशनको वातावरण सिर्जना गरि अधिवेशन प्रक्रियामा सहभागी हुने आग्रह गर्दै अब उप्रान्त केन्द्रीय संमितिको परिपत्र, समन्वयन तथा निर्देशन बिना त्रिवि समितिको रिक्तताको समयमा कुनै पनि सांगठनिक गतिविधि एवम् नियम विपरीतका क्रियाकलापहरु नगर्न र नगराउनु हुन सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु ।’
विज्ञप्तिः-
































प्रतिक्रिया