नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भण्डारीलाई डेंगु लागेको आइतबार नै पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना नगरिएको जनाइएको छ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान उनलाई डेंगु भएपछि उनी बाँकी खेलका लागि फिट हुने शंका बढेको छ।
समूह ‘बी’मा रहेको नेपालले आज साँझ ५.३० बजे आफ्नो अन्तिम लिग खेलमा श्रीलंकासँग खेल्दैछ । बराबरी गरे समूह विजेता हुने यो खेलमा नेपालले भण्डारीलाई नखेलाउने बुझिएको छ ।































प्रतिक्रिया