साफ इतिहासमा भारतको पहिलो हार, सेमिफाइनलमा नेपालसँग भिड्ने

साफ इतिहासमा भारतको पहिलो हार, सेमिफाइनलमा नेपालसँग भिड्ने

केन्द्रबिन्दु
0
Shares

जारी महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत पराजित भएको छ । मंगलबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा  भारत बंगलादेशसँग ३-० ले स्तब्ध भएको हो । 

बंगलादेशको जितमा मोसमात सिराज जाहान सोप्नाले दुई गोल गरिन् भने  कृष्णारानी सरकारले एक गोल थपिन् ।  खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । 

जितसँगै बंगलादेश समूह ए को विजेताको रुपमा अन्तिम चारमा पुगेको छ । तर भारतले भने  प्रतियोगिताको इतिहासमै पहिलो हार बेहोरेको हो । यसअघि साफमा भारतले २५ खेल खेल्दा २४ जित र १ बराबरीको नतिजा निकालेको थियो । 

उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको भारतले अब नेपालसँग भिड्ने भएको छ । साथै बंगलादेशले भुटानको सामना गर्नेछ । सेमिफाइनलको दुवै खेल शुक्रबार हुनेछ ।  
 

Logo