लेभ्निङको स्कुटरमा दशैं-तिहार अफरः घरमै बसेर एसएमएस गर्दा पाउन सकिन्छ एक लाख छुट

लेभ्निङको स्कुटरमा दशैं-तिहार अफरः घरमै बसेर एसएमएस गर्दा पाउन सकिन्छ एक लाख छुट

केन्द्रबिन्दु
0
Shares

बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले नेपालीहरुको महान् चाड दशैं तिहारलाई लक्षित गर्दै इलेक्ट्रिक स्कुटरमा अफर ल्याएको छ । 

‘लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर’ नामक यस अफर अन्तर्गत स्कुटर खरिदमा आफ्नो मोबाइलबाट अंग्रेजी अल्फाबेटमा ईभीनेपाल लेखेर स्पेस दिएर ११११ लेखे पश्चात ३५००१ मा एसएमएस पठाउँदा एक लाख रुपैयाँसम्म छुट पाउन सकिने छ ।

साथै शोरुममै पुगेर शोरुमबाट प्राप्त कोडमा एसएमएस गरेर छुट पनि पाउन सकिने छ । यसमा दुईपटक एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ जसमा ७ हजार देखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ । म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज हुनेछ ।

लेभ्निङका स्कुटरमा जर्मन कम्पनी बोसको मोटर प्रयोग गरिएको र जसले फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढ्दो छ । इलेक्ट्रिक स्कुटर भएकाले पेट्रोल हाल्न नपर्दा खर्चको वचत, सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वच्छ हुने भएकाले दशैं स्किममार्फत यसमा अझै आकर्षण बढ्ने कम्पनीले विश्वास लिएको छ । 

हाल नेपाली बजारमा लेभ्निङका एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

 

Skip This
Skip This
Logo