एप्पल कम्पनीको अब आउने आईओएस १६ मा अर्को एक सुविधा थपिने भएको छ । जसमा आइफोन प्रयोगकर्ताहरुले आइओएसको पूर्ण अद्यावधिक बिना नै सुरक्षा सामग्रीका अपडेटहरु प्रयोग गर्न पाउँछन् । र उनीहरूले त्यो सुरक्षा अपडेटहरूलाई रोल ब्याक गर्न पनि सक्छन् ।
आईओएस १६ मा -यापिड सेक्युरिटी रेस्पोन्स प्रणालीले आईफोनलाई पूर्ण रूपमा अद्यावधिक नगरीकन, वा केही समयमा यसलाई पुनः सुरु नगरीकन नै सुरक्षा अपडेटहरु स्थापना गर्न सक्छ ।
म्याकरुमर्स रिपोर्टको अनुसार पूर्वनिर्धारित रूपमै द्रुत सुरक्षा प्रतिक्रियाहरू स्वचालित रूपमा स्थापित हुन्छन्, तर एप्पलले भने तिनीहरूलाई हटाउने तरिका पनि लागू गरेको छ । प्रयोगकर्ताहरूले पछिल्लो मितिमा द्रुत सुरक्षा प्रतिक्रिया पुनः स्थापना गर्न सक्ने एप्पलले जनाएको छ ।
रिपोर्टका अनुसार ‘द्रुत सुरक्षा प्रतिक्रिया हटाउन आवश्यक छ, छैन स्पष्ट नभए पनि प्रयोगकर्ताहरूको लागि विकल्प रहेको छ ।’ यद्यपि, सुरक्षा विशेषज्ञहरूले प्रयोगकर्ताहरूसँग साइबर–आक्रमणहरू बढ्दै गएको ठोस कारण नभएसम्म यो सुविधा बन्द नगर्न सुझाव दिएका छन् । त्यस्तै भेन्टुराको Macos मा -यापिड सेक्युरिटी रेस्पोन्स सिस्टम पनि आउँदैछ ।





























प्रतिक्रिया