टिसिएलले ल्यायो “अजम्बरी खुशी” योजना

टिसिएलले ल्यायो “अजम्बरी खुशी” योजना

केन्द्रबिन्दु
0
Shares

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैँ तिहारलाई लक्षित गरेर “अजम्बरी खुशी“ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले यो योजना भाद्र ८गतेदेखि सीमित अवधिका लागि नेपाल भरी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले टेलिभिजनको खरिदमा रु. ४०,४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु. १४,७०० को छुटका साथै १ थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन्। त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको क्गचा भ्हअभ वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन्। र रेफ्रिजेरेटरको खरिदमा रु. ३५,७०० को छुट पाउन सक्नेछन्। त्यसै गरी एअर कन्डिसनरको खरिदमा रु. ३५,४०० सम्मको छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन्। र साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,७००र साउन्ड बारको खरिदमा रु ६,००० सम्मको छुट पाउन सक्नेछन् ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टंगाल, कुमारीपाटी, वसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।

Skip This
Skip This
Logo