ब्लाक एण्ड डेकरले ल्यायो ‘डबल डिलाइट’ योजना

ब्लाक एण्ड डेकरले ल्यायो ‘डबल डिलाइट’ योजना

केन्द्रबिन्दु
0
Shares

अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नेपालीहरुको महान् चाड दसैं-तिहारलाई लक्षित गरी डबल डिलाइट नामक योजना सार्वजनिक गरेको छ । 

यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन् । 

लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टिभी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ ।

स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्डको पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन् भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछन् । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

ग्राहकहरुले यो योजनाको लाभ सीमित अवधिका लागि नेपालभर उठाउन सक्ने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ ।

ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

Skip This
Skip This
Logo