महानगरले थापागाउँमा पनि चलायाे डाेजर

महानगरले थापागाउँमा पनि चलायाे डाेजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित थापागाउँ क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ। 

सूचना दिँदा पनि अनधिकृत संरचना हटाउन अटेर गरेपछि शुक्रबार महानगरले डोजर लगाएर हटाएको हो । नक्सा पास नभएका र पार्किङ उल्लेख गरेर नक्सापास गरे पनि अन्य प्रयोजन भएका स्थानमा डोजर लगाइएको बताइएकाे छ । 

यसअघि शुक्रबार नै महानगरले डोजर चलाएर नयाँ बानेश्वर चोकमा सडक सीमा मिचेर बनेका संरचना र पसल हटाएको थियो । 

पछिल्लोसमय काठमाडौं महानगरले बेसमेन्टको प्रयोजन, फुटपाथ व्यवस्थापन, अनधिकृत पार्किङलगायत क्षेत्रको नियमित अनुगमन गरिरहेको छ भने अनधिकृत संरचनालाई हटाउँदै आएको छ । 

Logo