नेपालको छैटौँ विकेट गुम्यो, गुलशन झा २९ रनमा आउट

नेपालको छैटौँ विकेट गुम्यो, गुलशन झा २९ रनमा आउट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जीवनदान पाएपछि राम्रो ब्याटिङ गरिरहेका अलराउण्डर गुलशन झा आउट भएका छन्।

३२.२ ओभरमा क्याच ड्रप हुँदा जीवनदान पाएका उनी ३५.३ ओभरमा ठूलो सर्ट प्रहार गर्नेक्रममा क्याच आउट भए।

गुलशनले विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको यस खेलमा ४२ बलमा दुई छक्का र एक चौकासहित २९ रन जोडे।

योसँगै नेपालको छैटौँ विकेट गुमेको छ। नेपालले पाँचौं विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो। उनले आज ४२ बलमा २१ रन जोडे।

नेपालले चौथो विकेटको रूपमा ईशान पाण्डेलाई गुमायो। उनले आज १० बलमा चार रन मात्र बनाए।

यस्तै, कप्तान रोहित पौडेलले आज १२ बलमा तीन रन मात्र जोडे। आसिफ शेख १४ र कुशल भुर्तेल ९ रनमा आउट भए ।

नेपालले आज पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो।

जारी सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो।

Logo