सेयर बजारमा आज पनि गिरावट

सेयर बजारमा आज पनि गिरावट

केन्द्रबिन्दु
0
Shares

सेयर बजार आज पनि घटेर राताम्मे भएको छ । हिजो  ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । 

म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बीमा, विकास बैंक, जलविद्युत, फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नविन ब्यालेन्स फन्डको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

Skip This
Skip This
Logo