भारतद्धारा पेट्रोलियम पदार्थको मूल्य समायोजन, इन्धनको मूल्य घट्यो

भारतद्धारा पेट्रोलियम पदार्थको मूल्य समायोजन, इन्धनको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ । 

निगमले आज प्राप्त नयाँ मूल्यसूचि अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको जानकारी दिएको हो । 

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाई इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ । 

नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्य समायोजन पछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।

भारतबाट आएको मूल्यसूची अनुसार मूल्य घटाउने निर्णय निगमले गरेमा उपभोक्तालाई केही राहत हुनेछ । यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले इन्धनको उपभोक्ता मूल्य समायोजन गरेको थिएन । यो समेत चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेर प्राप्त भएको हो ।

पछिल्लो समय निगमले मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

Skip This
Skip This
Logo