कोरोना सङक्रमित सबै भन्दा धेरै काठमाडौंमा, अनि पर्सा, त्यसपछि रौतहट

कोरोना सङक्रमित सबै भन्दा धेरै काठमाडौंमा, अनि पर्सा, त्यसपछि रौतहट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं अहिलेसम्म सबै भन्दा बढी कोरोना सङक्रमित भएको जिल्लामा परेको छ । पछिल्लो दुई साता देखि मुलुकभर लगातार रुपमा कोेरोना सङक्रमितको सख्या ह्वातै बढ्दै गएको छ ।

आजसम्म ७७ जिल्लामध्ये सबै भन्दा बढी काठमाडौं जिल्लामा रहेका छन्  । यसरी कोरोना सङक्रमित बढ्दै जादाँ देशको राजधानी काठमाडौं उपत्यकामा ‘हटजोन’ बन्ने खतरा बढेको छ ।

काठमाडौं जिल्लामा मात्रै आज थप १ सय ४२ जना सहित २ हजार २ सय ९३ जना पुगेका छन । पछिल्लो दुई साता देखि दैनिक एक सयका दरले बढ्दै गएको छ । सरकारले यस अगाडी चार महिनासम्म लगाएको लकडाउनको अवधीमा त्यति धेरै सङक्रमण देखिएको थिएन तर, लकडाउनको अन्त्य भएसँगै उपत्यकामा नै बढ्दै गएको छ ।

अहिलेसम्म उपत्यकामा २ हजार ८ सय ८० जना संक्रमित देखिएका छन् । जसमा काठमाडौंमा मात्रै दुई हजार २ सय ९३ जना, ललितपुरमा ३९३ जना र भक्तपुरमा १९४ जना संक्रमित रहेका छन् । पछिल्लो एक साताको तथ्यांक विश्लेषण गर्दा उपत्यकामा सरदर दैनिक एक सय भन्दा बढीको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।

काठमाडौं महानगरमा सोमबार एक सय १३, मंगलबार एक सय २७, बुधबार एक सय ३४ , बिहीबार एक सय ७४ र शुक्रबार एक सय ८२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, काठमाडौंपछि सबै भन्दा बढी सङक्रमण पर्सा जिल्लामा रहेको छ । आजसम्म पर्सामा सङक्रमितको सख्या १८ सय ३२ जना रहेका छन । तेस्रो सबै भन्दा बढी सङक्रमित हुने जिल्ला रौतहट रहेको छ । रौतहटमा अहिलेसम्म १७ सय ३४ जनामा सङक्रमित रहेका छन ।
त्यस्तै, अन्य एक हजार भन्दा बढी कोरोना सङक्रमित रहेका ६ वटा जिल्ला रहेका छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार कैलाली जिल्लामा १४ सय ६ जना,सर्लाही जिल्लामा १२ सय ९३ जना ,मोरङमा १२ सय ७० जना,धनुषामा १२ सय १८ जना,दैलेखमा १ हजार २९ जना, कपिलबस्तु एक हजार १६ जना रहेका छन ।

Skip This
Skip This
Logo