कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा

कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षासँगै आएको बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षेत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ ।

जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा एक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् । 

ती स्थाान उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशले बताए ।

 

Skip This
Skip This
Logo